मनमा पिर कति रहेछ, जोख्न पाए हुन्थ्यो
आखाँ भित्रको आँसु सबै पोख्न पाए हुन्थ्यो।
जती हिंडे पनि तिमी सम्म पुग्न सकिन
थकीत पाऊहरूलाई अब यहीं रोक्न पाए हुन्थ्यो।
थाहै नपाई हामी बीच मौनताको पर्खाल लाग्यो
किन कसरी टुट्यो संवाद, सोच्न पाए हुन्थ्यो!
भुलेर पनि भुल्न सकिन, अतितका सुखद साथहरु
हराएका ती स्नेहिल स्पर्सहरु खोज्न पाए हुन्थ्यो।
लाली गुरांस प्रकाशीत २०५३ साल विशेषाँक




No comments:
Post a Comment