संझनामा कहिले काँही धेरै धेरै रुन्छौ होला
बिरक्तीएका पलहरूमा सायद एक्लो हुन्छाै होला |
फर्केर आउन्नन् की बितेका स्वपनिल क्षणहरू
अधूरो अपूरो सपनाहरू मनभरी बुन्छौ होला |
हामी साथै हिंडें डुलेका गल्ली चोकहरुमा
आज मेरो आभाष पाउन सायद एक्लै डुल्छौ होला |
बिरहमा छट्पटीएको तिमीलाई नै सम्झी बसेको
मेरो मनको ब्यथा पनि एकान्तमा सुन्छौ होला |
धमिल्लीन, खोजेका यादहरुलाई आँसुहरूले धुन्छौ होला
संझनामा कहिले काँही धेरै धेरै रुन्छौ होला।।



No comments:
Post a Comment