Writer / Traveller



मनको कुरा चिठीमा लेखु लेखु लाग्दैछ 

सपनीमा आज तिमीलाई देखु देखु लाग्दैछ ।

रित्ती सक्यो जीवन मेरो तिम्रो पर्खाईमा 

अब तिम्रो आँगनीमा टेकुँ  टेकुँ लाग्दैछ ।

तिर्खाएको छ मुटु मेरो तिम्रो स्पर्श नपाएर 

हृदयको प्यास अब मेंटू मेटू लाग्दैछ ।

बसन्त फर्केर आएको छ मेरो फूलबारीमा 

फूलहरू माझ तिमीलाई भेंटू भेटू लाग्दैछ।।


प्रकाशित - मधुमास 2051.2.30 

Share:

No comments:

Post a Comment

Popular Posts