मेरो वचनहरूले पोल्यो शब्दहरूले दुखायो होला
कहिले काँही संझनाले आँखाहरू रुझायो होला।
कहिले काँही संझनाले आँखाहरू रुझायो होला।
नदेखे- नभेटे आफन्त पनि पराई हुन्छ
मनमा लागेका घाउहरू समयले सुकायो होला |
सम्झन मन मान्दैन, बीर्सन जान्दै जान्दैन
यस्तै अप्ठ्यारोहरुले तिमीलाई नशामा डुबायो होला
मैले सोच्न सकिन तिमीले बुझ्न् चाहेनौ,
हाम्रो मायाको डोरी कस्ले सुटुक्क फुकायो होला ?




No comments:
Post a Comment