Writer / Traveller


अलीकती माया

 



अलीकती माया देऊन मायाको साह्रै भोको छु साथी
जीवनमा विश्वास पाउन, दिन रात कती रोको छु साथी
कती दुख्छ पोल्छ, मनका नदेखिने घाउहरुले
सबै पिड़ा जलनहरू, आशुँले धोको छु साथी
निर्दोष मेरो आत्मामा अनेकौं दागहरु लागेका छन् 
कसरी भनूँ दोषी, कसरी भनूँ चोखो छु साथी
नसोध मलाई सतही खुसीहरू कती पाएं रमाए 
सुखको कल्पना गरी दुःखको गहिराई छोको छु साथ
साधना / प्रकासीत २०५३/६/ पूर्णाङ्‌क ४०
Share:

No comments:

Post a Comment

Popular Posts