विवशहरूको सपना चोर्ने शहर भयो जिन्दगी
पिडाहरू सहदां सहदै जहर भयो जिन्दगी।
आर्दशहरु थोत्रिदै गए, इच्छा सबै सेलाए ,
बांचू कसरी अब, कहर भयो जिन्दगी|
मान्छेहरुको भिडमा 'मान्छे' चिन्न सकिएन,
सबैबाट टाढीए बगर भयो जिन्दगी|
कहाँ खोजूं आँफैलाई, आफ्नै मनमा हराएँ,
मृत इच्छाहरूले सिंगारीएको नगर भयो जिन्दगी||
गोरखापत्र - प्रकाशीत 2052.11.12



No comments:
Post a Comment