गजल
आज भोली सपनाहरूसँग डर लाग्न थाल्यो
टुक्रिएका आसाहरुको वरु भर लाग्न थाल्यो।
जता हेर्छु चहल-पहल, खुसी - रमझम
सुनसान त केवल मेरै घर लाग्न थाल्यो।
पिल्सीएर तड्पिएर बाँची रहेछु जिउँदै मरेर
मलाई बचाउनुमा यमराजको कर लाग्न थाल्यो।
मनमा खस्रो बोलीमा तर लाग्न थाल्यो
प्रत्येक सम्बन्धमा आज दर लाग्न थाल्यो।



No comments:
Post a Comment