Writer / Traveller


 

      गजल                           

 बुभ्दै नबुझिने, पहिल्याउन नसकिने चाल रहेछ जिन्दगी 

कहीँ फ्याकिने, कहीँ बेचीने माल रहेछ जीन्दगी 

हाँसो संगाली राखेथे', तिम्रो सामु हाँस्न सकिन

 संगाल्न नसकिने, सम्हाल्न नसकिने छाल रहेछ जीन्दगी!

जती सुल्झाउन खोजें, समस्याहरू झन अल्झिदै गए,

 माकुराको जस्तै, सुल्झाउन नसकिने जाल रहेछ जीन्दगी!

निर्दोष मेरो आत्मालाई, आज सबैले दोषी ठहराए 

नचाहे पनि भोग्नु पर्ने काल रहेछ जीन्दगी !!


'पग्ली'

Share:

No comments:

Post a Comment

Popular Posts